चार नवनियुक्त मन्त्रीले लिए शपथ, आजै कार्यभार सम्हाल्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चार नवनियुक्त मन्त्रीले लिए शपथ, आजै कार्यभार सम्हाल्ने


१३ असार २०७९, सोमबार


काठमाडौँ । एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई आज ११ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

त्यसै गरी, राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । नवनिर्वाचित मन्त्रीले आजै कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस