सुरु भयो विश्वराज पोखरेलको मुद्दाको सुनुवाइ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुरु भयो विश्वराज पोखरेलको मुद्दाको सुनुवाइ


१३ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ।  सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन् । 

आइजिपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् । 

आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा तेस्रो पटक सुनुवाइ भइरहेको हो।  यसअघि यो मुद्दामा जेठ ३० र असार ५ मा सुनुवाइ भएर सोमबारका लागि हर्दाहर्दैमा पेशी तोकिएको थियो । 

वैशाख १८ मा मन्त्रिपरिषद्ले  सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आइजिपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस