मृतक गायिका दिलमायाका पिताले दिए कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मृतक गायिका दिलमायाका पिताले दिए कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी


१३ असार २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको परिवारको दाबी छ । दिलमायाको पिता केशर विकले सुर्खेतबाट आएर प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दर्ता गराएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका काभ्रेका सूर्य श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सल महाराजगञ्जमा भेटिएको छ । महाराजगञ्जस्थित नालीमा सल भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले बताए । गायिकाको शव शनिवार बिहान बेडमा भेटिएको थियो ।

श्रेष्ठले उनको डेरामा गएर बिहान फर्केको स्विकारेका छन् । प्रहरीको अनुसन्धानबाट गायिकाको शव श्रेष्ठले नै महाराजगञ्ज स्थित कतार भिषा सेन्टर अघिल्तिर नालीमा फालेको प्रहरीसँग स्वीकार गरेका छन् ।

शुक्रबार साँझ पौने ९ बजेतिर श्रेष्ठ खसीको मासु बोकेर गायिकाको डेरामा गएका हुन् । तर, पोस्टमार्टम रिपोर्ट आउनुअघि गायिकाले आत्महत्या गरिन् या हत्या भयो भन्नेबारे भन्न नसकिने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस