चितवनबाट पेस्तोलसहित एक जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चितवनबाट पेस्तोलसहित एक जना पक्राउ


१३ असार २०७९, सोमबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका-१० स्वामीचोक घर भई हाल भरतपुर-५ विकासचोक बस्दै आएका ३२ वर्षका प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, एक लाख १४ हजार, सुनको सिक्री र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस