नवनियुक्त मन्त्रीको सपथ आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नवनियुक्त मन्त्रीको सपथ आज


१३ असार २०७९, सोमबार


काठमाडौँ । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय श्रोतले ११ बजेका लागि सपथको तयारी भएको जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीको हेरफेर गरेका थिए ।

जस अनुसार एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस