२०७७को एसईईका प्रश्नपत्र बिक्री गर्न परीक्षा नियन्त्रण कार्यालयको बोलपत्र आह्वान « प्रशासन
Logo २ भाद्र २०७९, बिहिबार
   

२०७७को एसईईका प्रश्नपत्र बिक्री गर्न परीक्षा नियन्त्रण कार्यालयको बोलपत्र आह्वान


१२ असार २०७९, आइतबार


काठमाडौँ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ ।

कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो ।

झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने ‘हामीले झुरा कागजमा राजश्व उठ्ने गरी टेन्डरमा दिन्छौं । जलाउनु भन्दा रिसाइक्लिङ गर्नु राम्रो हो, केही आम्दानी पनि हुन्छ ।’

नियन्त्रक रायमाझीको अनुसार करिब २० करोडलागतमा छापिएको प्रश्नपत्र करिब तीन ट्रक छ । यी प्रश्नपत्र बोरामा हालेर परिसरमा राखिएको छ ।

यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस