काठमाडौँ उपत्यकाका ९ ठाउँमा देखियो हैजा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ उपत्यकाका ९ ठाउँमा देखियो हैजा


१२ असार २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ ।

नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।

जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको बताएका छन् ।

आइतबारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस