नापी कार्यालय रुपन्देहीका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नापी कार्यालय रुपन्देहीका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१२ असार २०७९, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

३० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आयोगले रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ (ख) बमोजिम उनलाई सजाय माग दाबी गरिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस