मुग्लिन सडक पहिरोका खस्दा अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुग्लिन सडक पहिरोका खस्दा अवरुद्ध


१२ असार २०७९, आइतबार


चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौँ–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

मुग्लिनबाट काठमाडौँतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक खसेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस