२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता होसियार ! राजनीतिमा असल संस्कारको सङ्केत तलबाट देखिँदै छ

अ+ अ-

वैशाख महिनाको तेस्रो हप्ताको शुरुमै दिमागमा उद्भ्रम र दुबिधा उत्पन्न भयो । अप्रासङ्गिक विषयले नियमित यान्त्रिक प्रकृतिको दिन चर्यामा खलबल ल्याउने गरी दिमागमा तरङ्ग उत्पन्न भयो । स्थानीय तहको निर्वाचन २०७९ नजिकै थियो। एक जना हितैषी सिधा साधा मित्रले राज्यको ठुलै दलको तर्फबाट टिकट पाउनु भएको खबर प्राप्त भयो। धेरै वर्ष देखि पदमा कहिले चाहाना नराखेका तर निरन्तर पार्टीमा निष्ठापूर्वक लागि रहेका मित्रले नगरपालिका प्रमुखको टिकट पाउने कुरामा म जस्ता धेरैलाई पत्यार लागेको थिएन। हामीलाई मात्र होइन वहाँ आफैलाई पनि विश्वास थिएन रे। विवाह नगरेका अर्थात् पारिवारिक झमेलामा नपरेका, सामान्यतया एउटै पोसाक–काँधमा एउटा सामान्य प्रकृतिको रुमाल राखेर सधैँ आफ्नो पार्टीको र सामाजिक काममा दिनचर्या गुजारा गरिरहेका ती साथीको जन प्रतिनिधिको रूपमा उपस्थितिले मन मस्तिष्कमा निकै प्रभाव पार्यो र। उनी सार्वजनिक जीवन बिताइ रहेका छन् । उनको सम्पूर्ण जीवन भनेकै समाज सेवा र आफ्नै पार्टीको कार्यमा खट्न बाहेक केही छैन ।

एक पटक भेट गर्न र स्थानीय मतदाता र आफन्तहरूको सामान्य धारणा बुझ्न मन लाग्यो। कता कता छटपटी र असहजता भइरह्यो । मनमा त्यो विषय लिएर आफूले काम गर्ने निकायका विषय वस्तुलाई कर्यक्षेत्रवाट बुझ्ने निहुँ बनाएर काठमाण्डौवाट हामी कार्यालयको एउटा समूह त्यतातर्फ लाग्यौँ । कार्यालयको मोटरले काठमाडौँ छाडेपछि, स्थानीय एफ. एम. बज्न थाले । प्रविधि पनि गजबको विकसित भएको छ ! जुन ठाउँमा पुग्यो त्यहीको वस्तुस्थितिका बारेमा एफ एम बजिहाल्छ । एफ.एमहरु पुरै निर्वाचनमय भई सकेका रहेछन् । हिँड्दा हिँड्दै पर्याप्त सूचना र जानकारी सञ्चारमाध्यम सहजै प्राप्त भई रहेका थिए । वैशाख ३० गते निर्वाचन थियो। हामी वैशाखको १९ गते काठमाडौँबाट निस्किएका थियौँ ।

हामी चितवनका दुई वटा मेडिकल कलेज र ती कलेजका अस्पतालहरूमा करिब दुई दुई घण्टा जस्तो बितायौँ। त्यहाँ बिमारीको चापको अवस्था, विद्यार्थी, शिक्षक, व्यवस्थापकीय पक्ष जस्ता पक्षमा चाख पूर्ण तरकाले जानकारी लियौँ । बिरामीका कुरुहरु समेतले यदाकदा निर्वाचनका बातचित गरेको सुनिन्थ्यो । अस्पताल र कलेज व्यवस्थापकहरूबाट राजनीतिक दललाई दिन पर्ने चन्दाले पारेको असहजता, नीतिगत अस्पस, बिमा बापतको रकमको शोध भर्ना वाट परेको असहजता प्रत्यक्ष भन्दा अप्रत्यक्ष रूपमा प्रतिविम्वित हुन्थ्यो। सामान्य परिचयका रूपमा र कलेज र अस्पताल अवलोकनका क्रममा अनौपचारिक कुराकानी हुँदा घर कहाँ भनेर मलाई सोध्ने गर्नु हुन्थ्यो। मैले पनि सोध्नै पर्‍यो । म नेपालका सबै जिल्लामा पुगि सकेकोले जहाँ जसले घर भन्छ, त्यहीको कतानिर भनी सोध्दा तपाईँको घर पनि त्यतै हो र ? भन्नु हुन्थ्यो त्यसले पनि अनौपचारिक कुराकानी लाई सहजता दिएको थियो।

फलानो ठाउँको तपाईले चिनेको फलानो मान्छे त अहिले फलानो दलको वा स्वतन्त्र उमेद्बार वनेको छ । जस्ता रोचक कुरा पनि अनयासमै भै हाल्थ्यो। हामी चितवन वाट देवदह मेडिकल कलेज वुटवलमा पुग्यौं। त्यस पछि भैरहवा युनिभर्सल मेडिकल कलेज भैरहवा, नेपालगञ्ज मेडिकल कलेज हुँदै बर्दिया पुगियो। चिकित्सा शिक्षाका डाक्टरहरु लाई पनि राजनीलिक चासो मज्जाले हुने रहेछ ।

बर्दियाको सदरमुकाम गुलरियामा दोस्रो दिनको रात विताइएको थियो। त्यहाँ वस्दा ती सादगी मित्रको चुनावी माहोल र अवस्थाका वारेमा जानकारी लिन अरु सहज भयो। दल भित्र पनि कसैको अन्तरघात र विरोध छैन। वाहिरका मान्छेले पनि उनलाई मान्छे त साह्रै राम्रो हो । तर उ संग पैसा छैन। त्यो पालिकामा उसको दलको अवस्था कमजोर भएको पालिकामा पर्छ । जस्ता अभिव्यक्ति धेरैले सुनाए। म दुई वर्षसम्म जिल्ला शिक्षा अधिकारी भएर वसेको जिल्ला भएको र आफ्नो गृह जिल्ला भएकाले पनि परिस्थितिका वारेमा जानकारी लिन गाह्रो भएन ।

गुलरिया सदरमुकाममा त्यो रात विताउदा धेरै मानिसहरुसंग भेटघाट भयो । तत्कालिन जिल्ला शिक्षा कार्यलयका कर्मचारी देखि शिक्षक साथीहरु लगायतका संगको भेटघाटमा स्थानीय तहको निर्वाचनका विषयवस्तु कुनै न कुनै रुपमा चर्चामा आउने गर्थ्यो। ती मेरा मित्रका वारेमा “उमेद्बार त पार्टिले सही मान्छेलाई दिएको हो । तर यस्तो वेलामा न उनीसँग पैसा छ, न तडक-भडक छ।उनी अर्कोलाई गाली गर्न र चर्को वोल्न पनि सक्दैनन्। त्यस्तो मान्छेले चुनाव कसरी छिचल्न सक्छ र !” भन्ने सहानुभूती पूर्ण भाव व्यक्त गर्थे।उनलाई भोट नदिने खालका अर्को दलका कट्टहररुले समेत उनको नकारात्मक टिप्पणी गरेको सुनिएन। खाली त्यस्ता सज्जन व्यक्तिवाट चुनावै जिते पनि चलाउन सहज हुँदैन।” भन्ने अभिब्यक्ति हुन्थ्यो। भोलिपल्ट मित्र कै चुनाव क्षेत्र मधुवन नगरपालिका तर्फ लाग्यौं।

सो नगरपालिका प्रवेश गर्न साथ केही चिनजानका मानिसहरु भेट भए। स्थानीय बासी आफन्त, शुभचिन्तकहरुले आ-आफ्नो गक्ष अनुसार रकम उठाएर प्रचार प्रसारका सामग्रीको व्यवस्था गरेका रहेछन्। प्रत्येक वडामा चुनाव प्रचार समितको व्यवस्था गरिएको रहेछ। प्रत्येक वडामा र पालिकामा प्रत्येक दिन समीक्षा तथा पृष्ठपोषण समिति व्यवस्था गरिएको रहेछ। प्रत्येक दिन दिउसो १२/१ बजे तिर प्रचारमा हिड्ने सवैको लागि एकै ठाउँमा खाना (दाल भात) को ब्यवस्था गरिएको रहेछ। स्व: स्फुर्त रुपमा उठाउने रकमवाट त्यस खालको व्यवस्था गरीएको पाउँदा २०४८ साल तिरको चुनावको झल्को आयो। उश्रृंखल कत्ति पनि होईन। स्थानीय तहमा स्वत: स्फूर्त रुपमा वडा वडामा प्रचार प्रसार समिति, समिक्षा समिति, आफू आफूँ पैसा उठाएर खानाको व्यवस्था सालिन र सभ्य व्यवहार साँच्चैन एउटा सु-संस्कृत उत्सवजस्तो। म दंग परे। ल्यहाँका विगतका चुनाव र अहिले चुनावको वीचमा मन मस्तिस्कमा तुलना भयो।

मैले मधुवन नगरपालिकाका मेयरका उमेद्बार मेरा मित्रलाई भेट गरें। उनको सयजना जतीको समूह घर दैलो कार्यक्रममा ब्यस्त रहेछ। एउटा घरमा उनी सहित पसे अरुले भोट मागे उनले नमस्ते मात्र गरे । कुनै शव्द पनि उच्चारण गरेनन्। दोस्रो घरमा गए। त्यसै गरे। चार-पाँच घर डुले पछि मात्र म मास्क खोलेर देखिएँ /चिनिएँ । उनी दंग परेर एक छिन मलाई नियाले। केही वोलेनन्। आँखा र अनुहारका भावले साह्रै खुसी व्यक्त गरे कसले कति पैसा दिएको छ। खानपिनको व्यवस्था कहाँ छ उनलाई जानकारी रहेन छ । उनको निगरानी र नियन्त्रण हुने कुरै भएन । उनी विन्दास तरिकाले समूहमा चुनाव प्रचार प्रसारमा लागि रहेका रहेछन् । एक अर्थमा सजिलै पनि लाग्यो । के भाषण गर्ने, कसलाई के गालि गर्ने, केही पनि भन्नै नपर्ने मजै लाग्यो।

धेरै जसो मेरा त्यहाँ रहेको आफन्तहरु उहाँको चुनाव प्रचारमा पूर्णकालीन भएर लागि सकेका रहेछन् । वरु उनीहरुले मलाई काम लगाए । फलनालाई एक पटक भनसुन गर्न पाए हुने थियो, भने। फलानालाई फोनमा भए पनि कुरा गर्न सुझाव दिए । केही प्रयास पनि गरें । तर सोझै भोट मागिन । राजनीतिक दलको कुरै गरिन । मलाई सजिलो के भयो भने सवै जसोले मित्र तेजुको प्रसंग आँफै निकाले सकारात्मक कुरा गरे । मैले मात्र खुसी व्यक्त गरें । त्यसो भए अव तपाईँ के गर्नु हुन्छ? उनीलाई सुझाव के दिनुहुन्छ? यस्ता प्रस्नहरु रोचक शैलीमा गरें, निकै आनन्द आयो।

म सँग जानुभएका साथी गोविन्द पौडेल र रेवती हाम्रो गाउँका हेड्मास्टर पूर्ण चन्द्रजी संगको दशकौं वर्ष पछिको भेटघाट भएकाले केही समय त्यतै अलमलिनु भयो। साथी विष्णु र हरिले आफनै तरिकाले परिवेशलाई नियाली रहे । मेरा एकजना दाज्यू सम्बन्धका आफन्तले “भाई यो पटक भोट मैले तेजुलाई दिने भएँ। मैले दिएको भनेर त पत्याउदैनन्। म अर्को पाटिको मान्छे । तर हाम्रो उमेद्बार गतिलो परेन।” भनेर भने। मैले वहाँलाई भोट कहाँ दिनु हुन्छ भनेर सोधेको पनि थिइन । तेजुको प्रसंग पनि आएको थिएन। उनले अनयासै त्यसरी भने। मैले अरु केही भनिन, मात्र “दाई तपाईले तपाईको भोट तपाईकै पाटीलाई हाल्दा राम्रो होला । हजुरको नित्तान्त व्यक्तिगत मताधिकार कुरा हो, विचार गर्नुस । उमेद्बारको मात्र कुरा गर्ने हो भने तेजु जत्तिको गतिलो अरु छैन है। भनेर भन्नु भयो भने, यसको ठूलो अर्थ छ।” भनेर मैले भने। “मैले तपाईकै भावनालाई सहयोग गर्ने कुरा भनेको हो । विचार आफै गर्नुस” भनें।

“हुन्छ भाई तिम्रो कुरा बुझें म त्यसै गर्छु तिमीले बुझ्दै गर्नु तर चुनाव जित्न त गाह्रो छ । त्यो पाटीको अवस्था हाम्रो पालिकामा निकै कमजोर छ । अघिल्लो चुनावमा धेरै मतान्तरले तेस्रो स्थानमा थियो । पैसा वलाको वोलवाला छ । अन्तिम दिनको अघिल्लो रात ठूलो पैसाको चलखेल हुन्छ, भन्दै। एक दुई वटा तेजुलाई र उनको समूहलाई भनिदिन सुझाव समेत दिए। म दंग परें । जे होस् चुनाव जित र हार जे भए पनि मानिसहरुको मनमस्तिस्कमा सकारात्मक प्रभाव पार्न सक्नु पनि जिन्दगीको एउटा कमाइ हो भन्ने लाग्यो । तेजुले धेरैको सेवा गरे छन् । धेरैको मनमस्तिस्कमा स्थान जमामए छन् ।

हामी मधुवन पालिकाबाट राजापुर हुदै कैलाली तर्फ लाग्दै गर्दा मोटरमा त्यहीँ विषयमा चर्चा पनि गर्यौं । ×यो पालिकामा शरका साथीले जित्ने भए। उनको दलले निकै राम्रो गर्ने भयो” भनेर साथीहरुले भने। मेरो वारेमा समेत साथीहरुले एउटा धारणा वनाए होलान् । यो मान्छेले अप्रत्येक्ष चुनाव प्रचार गर्योो । भन्ने सोचेकि जस्तो पनि लाग्यो। कम्तिमा खराव मान्छे प्रति यसको सहानुभूति र ससमर्थन त रहेन छ भने होलन् जस्तो लाग्थ्यो ।

हामी कैलाली जिल्लाको एउटा पालिका जहाँ हाम्रै कार्यालयको वरिष्ठ उपसचिव बद्री पाठक निर्वाचन अधिकृतको रुपमा खटिनु भएको थियो। त्यहाँ पुग्यौं। निर्वाचनको दिन आउन करिव एक हप्ता मात्र भएकोले वहाँको कार्यलय राति अवेरसम्म निकै व्यस्त थियो। निर्वाचनको चहल पहललाई नजिकवाट नियाल्ले त्यो राम्रै अवसर थियो। स्थानीय वासीको निर्वाचनका विषयमा चासो। राजनीतिक दलहरुको एक अर्कोमा सामिप्यता, पहिलो चुनावको नतिजा, जनप्रतिनिधिले गरेका काम लगायतका विषयमा जानकारी लिने अवसर राम्रै मिल्यो।

हामी नयाँ निर्मित मेडिकल कलेज “गेटा मेडिकल कलेज” को अवलोकन गर्न तर्फ हानियौं। त्यहाँ खासै राजनीतिक र स्थानीय चुनावको प्रसंग उठेन । त्यो नयाँ मेडिकल कलेजमा जनप्रतिनिधिहरुको चासोका वारेमा जिज्ञासा राखिएको थियो। छोटो र सटिक जवाफ “उनीहरुको शुन्य चासो ” भनी त्यहाँका व्यवस्थापक मित्र हेमराज पुजराजीले वताउनु भयो। ×तत्काल फाइदा नहुने र भोट वढाउन सहयोग नहुने कर्ममा राजनीतिक मान्छेले किन चासो दिने” भन्ने वहाँको व्याङ्गयात्मक अभिव्यक्ति थियो।
हाम्रो पश्चिम तर्फको यात्र टुङ्गाएर दाङ्ग पुग्यौं। दाङ्गमा सरकारको तर्फवाट स्थापना भएको घोराहीको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही घण्टा वितायौं। पूर्व मन्त्रीका सल्लाहकार जीवन गौतमज्यू सँग भेट भयो । उहाँसंग मन्त्रालयमा निकै नजिक भएर काम गर्ने अवसर प्राप्त भएको थियो । भेट घाट भएर कुराकानी गर्न पाउँदा रमाइलो भयो । स्थानीय र वहाँको राजनीतिक सक्रियताका बारेमा समेत कुरा गर्न भ्यायौं । हामी सल्यान हुदै, पश्चि म रुकुम पुगियो विच विचमा हाम्रो मोटरमा स्थानीय एफ एम बज्ने क्रम जारी नै थियो । ती एफ एमहरुमा पनि स्थानीय तहको चुनावको चर्चा वाहेक केही हुँदैन थ्यो। अन्तर्वार्ता र अन्तरक्रियाहरु सुन्न पाइन्थ्यो। एक अर्कामा सम्मान पूर्वक कुरा राखेको पाउँदा मलाई अचम्म लाग्यो ।

हाम्रा केन्द्रीय स्तरका नेताहरुले एक अर्कालाई गालि गरेको सुन्दा वाक्का भएको वेलामा त्यस्ता कुराकानी र अभिव्यक्ति सुन्दा हामी कहाँ छौं जस्तो लाग्ने । राज्यको सर्वाधिक उच्च पद समालिसकेका आदरणीय व्यक्तित्वको गालिको स्तर सुन्दा र ती स्थानीय प्रतिनिधिको अभिव्यक्तिमा पाएको भिन्नताले अझै मेरो मन मस्तिस्कमा सम्मान जमाई रहेको छ।

यस्ता जानकारीले हाम्रो केन्द्रीय दुषित राजनीति स्थानीय तह देखि उल्टिने सम्भावनाको संकेत त होइन भन्ने भाव उत्पन्न भयो । हामीमा के हुन पर्थ्यो र के भएन छ । जसले गर्दा यस्ता स्थानीय चुनाबका गतिविधिले आन्नद दिइरहेको छ भन्ने लाग्यो । म राजनितिक शास्त्रको विद्यार्थी त होइन। तथापि राजनीतिक नेताले गरेको दुई वटा भयाङ्कर ठूला गल्तिले हामीले अहिले यो नियती भोगी रहन परेको छ, भन्ने कुरा मानस मटलमा उब्जिए छ । सो कुरा साथीहरुसँग सेयर गरें ।

पहिलो- हामीले अवलम्वन गरेको दर्शनलाई मर्माहत पर्ने गरी थला पर्र्यौं ।अवलम्वन गरेनौं । भन्नायले दर्शन वहुदलीय प्रतिस्प्रधा । सामान्य मान्छेले बुझ्दा राज्यमा दलहरु हुन्छन् । उनीहरुकले राज्य संचालन को आ-आफ्नो नीति तथा कार्यक्रम बनाउन जनतामा लाग्छन्। आफ्नो नीति कथन कार्यक्रमको सकारात्मक कुरा वताउछन् । अर्को दलले पनि सम्मान गर्छन् । गर्न पर्छ । गर्ने हो भन्ने मान्यता हो । भन्नाले सत्य एउटै छैन। धेरै विकल्प छन् ।सवै राम्रा विकल्प मध्ये उत्तम विकल्प जनतालाई छनोट गर्न दिने हो। एउटाले अर्कोको विचारलाई सम्मान गर्ने मूलभूत मान्यता हुन पर्ने हो।तर एकले अर्कालाई स्वीकार नगरेर सधैभरी एक अर्काको गालि सुन्न पर्योत त्यसमा पनि केन्दीयस्तरका नेताहरुवाट वढी। प्रशंसा वा मिलिमतो त्यति वेला अनुभव गर्न पाईन्छ, जतिवेला सत्ता स्वार्थ मिल्छ। शैद्धान्तिक र दार्शनिक स्वार्थ होइन ।

दोस्रो गल्ती- क्रयकर्तालाई अश्वभाविक महत्त्वाकाङ्क्षी बनाइयो। आफ्नो दल विजय भएका वा सत्तामा गएकमा सबै कुरा गरिदिने । सबै हुने। मानौँ जागिर नपाएकाले जागिर पाउने। घर नभएकाले घर पाउने । जमिन नभएकाले जमिन पाउने। बाटो सबै बन्ने। कुलो बन्ने। विकास त कुरै नगरौँ भयङ्कर नै हुने। यी र यस्ता आश्वासनले कार्यकर्ता र सर्वसाधारणले आसा र विश्वास बढी गर्न थाले। तर तिनै दल सन्तानमा पुग्दा यस्तै महत्त्वाकाङ्क्षा कारण अस्वाभाविक विकृति बढ्न थाल्यो राज्य भनेको स्रोत जुटाउने र उपलब्ध स्रोतको न्यायिक विवरण गर्ने, जन निर्णयिक प्रतिनिधिले दलको घोषणा पत्र कार्यान्वयन गर्ने हो। राज्यले जति सक्छ समान व्यवहार गर्ने। मुलुकमा राज्य स्वार्थमा फस्यो भने दुष्परिणाम निम्तिन्छ, भन्ने पाठ राजनीतिक दलले कार्यकर्तालाई सिकाएनन् भन्ने मलाई लाग्छ। नागरिकको राज्य अनुशासन र कार्यकर्ताले राज्य वुझने बुझाउने पाटो भुलियो। मिस भयो। मलाई लाग्छ विरोध गरेर सत्ता परिवर्तन गर्ने गराउने रणनीति र कौशलता हाम्रा राजनीतिक दलले राम्रो सँग सिकेछन्।अभ्यास गरेछन्। तर राज्य सञ्चालन कुशलताको अभाव रही रह्यो। हाम्रो संवैधानिक बहुलबादी मर्म र भावनालाई त बरु स्थानीय परिवेशले आत्मासाथ गर्दै छ भन्ने लाग्यो ।

यस भ्रमणका क्रममा काठमाडौं उपत्यका देखि धादिङ चिलवन हुँदै कैलाली सम्म र दाङ्ग देखि सल्यान रुकुम वागलुङ पर्वत कास्की हुँदै काठमाडौं फर्कदा राज्यका करिब एक चौथाई जिल्ला पुगिए छ। स्थानीय वासीको कुराकानी, स्थानीय राजनीतिक कार्यकर्ता र मतदाताको वुझाइ र व्यवहारमा आपसी सहिशुष्णताका अनुपम उदाहरण पाइयो। केन्द्रीय तहवाट र केही टाठा वाठाहरुले नभड्काउने हो भने हामी नेपाली आपसमा सौहार्दता कायम गरेर नेतृत्व छनौट गर्न सक्छौं । त्यो क्षमता हामीसंग छ। लोकतन्त्रको जरामा ती पो पुगेका छन्। वहुदलीय पद्बतिको एक अर्कालाई सम्मान गर्ने भावना र मर्म अनुसारको व्यवहारमा उनीहरुले केन्द्रीय झगडालु नेताले भन्दा वढी अंक प्राप्त गर्दा रहेछन् भन्ने अनुभूति हुन्छ।

नेपाली साहित्यकार गुरुप्रसाद मैनालीद्वारा लिखित छिमेकी कथाको सम्झना आयो । हाम्रा स्थानीय पर्व मनाउने आफ्नै मौलिक तरिका, अर्मपर्मका विषय मौलिक चलनको समेत स्मरणमा आयो । हाम्रो बझाइ सारमा गल्ती रहेन छ भन्ने लाग्यो । निर्वाचन पछि पनि कतिपय हारेका उमेदार समेत जितेकाको विजय जुलुसमा अबिर लगाएर एकाकार गरेँ । धेरै ठाउँमा एक भोटले हार्दा समेत धादली भयो भनेनन् । राजनीतिक विश्लेषक केशव भट्टराईले लेखे जस्तो केन्द्रीय नेताको जस्तो आफ्ना सत्ता मोह र सत्ता स्वार्थ रक्षाकालागि काल्पनिक शत्रु पैदा गरेर त्यसैको वरिपरि आफ्नो राजनीति धान्ने प्रयास स्थानीय तहमा देखिएन । सत्य र तथ्य प्रति त्यति विघ्न पूर्वाग्रह राखेको पनि पाइएन ।

गाली र ताली लाई अव जनता र मतदाताले कम रुचाउन थालेका छन्, भन्ने कुरा काठमामडौंका बालेन (प्राध्यापक कृष्ण खनालको शब्दावलीमा बालेन तहल्का), धरानका साङ्गपाङ्ग र धनगढीका हमालले पनि पुष्टि गरिदिएका छन् । यस प्रकारका चुनावहरू चार/पाँचवटाँ सम्पन्न हुने हो भने हाम्रो पद्धति, व्यवहार र संस्कारमा निकै निखार आउने सङ्केत देखिएको छ भन्ने लाग्छ । यसबाट केन्द्रीय नेताको सोच र व्यवहार कि त उल्टिने छ । यसो हो भने राजनीति जीवनबाट संन्यास लिन पर्नेछ । यस भ्रमणबाट यही सिकाइ भयो ।

(पंतिकार शिक्षा मन्त्रालयका सहसचिव हाल चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव हुन्)

प्रतिक्रिया दिनुहोस