२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोदावरी नगरपालिकाको बजेट २ अर्ब ३७ करोड

अ+ अ-

काठमाडौँ । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड बजेट विनियोजना गरेको छ ।

शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच करोड र स्वास्थ्यतर्फ तीन करोड विनियोजन गरिएको छ । कृषिमा एक करोड ५० लाख, विपद् व्यवस्थापनमा एक करोड ९० लाख विनियोजन गरिएको छ ।

मर्मत खर्च तीन करोड, टेक्निकल कलेज निर्माणमा चार करोड, ठेचो छम्पी खर्सी पुलका लागि चार करोड, खानेपानीमा चार करोड फोहर व्यवस्थापनका लागि दुई करोड, सम्पदा पोखरी संरक्षणमा तीन करोड बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रममा दीर्घकालीन सोचका रुपमा ‘कृषि पूर्वाधार र पर्यटकीय नगरी, समावेशी, स्वच्छ र समृद्ध गोदावरी’ भन्ने नाराका साथ कृषि, पर्यटन सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको निर्माणसहित गोदावरी नगरलाई समृद्ध र उन्नत बनाउने दीर्घकालीन सोच रहेको छ ।

नगर उपप्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि, पर्यटन, उद्योगको एकीकृत विकास गर्दै समुन्नत र हरित सहरको निर्माण गरी सुखी÷खुसी नगरका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको नीति कार्यक्रमले कृषि क्षेत्र र पर्यटन क्षेत्रको विकास तथा विस्तार एवं व्यवसायीकरण गर्ने उद्देश्य लिइएको छ ।

विद्यालय शिक्षालाई अझ गुणस्तरीय र नतिजामुखी बनाउने, नगरपालिका क्षेत्रमा आधारभूत सहरी पूर्वाधार विकास गरी सम्मुन्नत नगरका रुपमा विकास गर्ने, नगरक्षेत्रमा आन्तरिक स्रोत, साधन, अवसर र क्षमताको उच्चतम् उपयोग गरी आर्थिक वृद्धि तथा आर्थिक विकास गर्ने र नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय बनाइ नगरमा सुशासन प्रवद्र्धन गर्ने भनिएको छ ।