राकेशभक्त पौडेलको हत्या आरोपमा एक नाबालकसहित १२ जना पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

राकेशभक्त पौडेलको हत्या आरोपमा एक नाबालकसहित १२ जना पक्राउ


११ असार २०७९, शनिबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन् ।

यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा-२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा-३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, जीतपुरसिमरा-६ रामवन टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री, जीतपुरसिमरा-३ का ३४ वर्षीय कुमार मगर र एक नाबालक छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस