हेटौँडा उपमहानगरपालिकाको नगरसभा स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हेटौँडा उपमहानगरपालिकाको नगरसभा स्थगित


१० असार २०७९, शुक्रबार


हेटौँडा । एमाले नआएपछि हेटौँडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ ।

आवश्यक गणपूरक संख्याको अभावमा आज (शुक्रबार)का लागि आह्वान गरिएको बैठक स्थगित भएको नगर प्रमुख मिनाकुमारी लामाले घोषणा गरेकी हुन् ।

शुक्रबार बिहान १० बजेका लागि बोलाइएको नगरसभामा नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी भएनन् ।

९५ जना सदस्य रहेको नगरसभामा शुक्रबार ४० जनाले मात्रै उपस्थिति जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस