प्रचण्डले प्रधानमन्त्रीलाई प्रभावमा पारेर नेकपा एसको निर्णय लागू गर्न दिएनन् : मेटमणि चौधरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रचण्डले प्रधानमन्त्रीलाई प्रभावमा पारेर नेकपा एसको निर्णय लागू गर्न दिएनन् : मेटमणि चौधरी


१० असार २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रस्तावित मन्त्री मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसको निर्णयलाई बेवास्ता गर्नुमा माओवादी अध्यक्ष प्रचण्डको हात रहेको आरोप लगाएका छन् ।

काठमाडौँमा जारी पोलिटव्युरो बैठककै क्रममा पत्रकारसँग कुरा गर्दै चौधरीले सत्ता गठबन्धनको एउटा दलको सिफारिस कार्यान्वयन नहुने हो भने गठबन्धनमा बस्नुको औचित्य नहुने बताए । उनले कि त नेकपा एस चाहिँदैन भनेर प्रधानमन्त्रीले भन्नुपर्ने बताए ।

प्रधानमन्त्रीलाई प्रचण्डले प्रभावित पारेको चौधरीको दाबी रहेको छ । नेकपा एसले मन्त्री हेरफेर गरेपछि माओवादीमा पनि फेर्न दबाब पर्ने भएकाले प्रचण्डले प्रधानमन्त्रीलाई प्रभावमा पारेर रोकेको आरोप लगाए ।

नेकपा एसकै कारण माओवादी अहिले सरकारमा रहेको र धेरै मन्त्री पाएको भन्दै उनले पार्टीको सार्वभौम निर्णयमाथि प्रचण्डले हस्तक्षेप गरेको बताए ।

उनले पार्टीले पठाएका मन्त्रीहरूले गैर जिम्मेवार व्यवहार देखाएको भन्दै उनीहरू मन्त्री बन्ने बेला जुन ठाउँमा निर्णय भएको हो अहिले पनि त्यही ठाउँबाट भएको बताए ।

६ महिनाका लागि मन्त्री बनेकाहरूले ९ महिनासम्म खाएको भन्दै नैतिकता भए पार्टीले निर्णय गर्नासाथ राजीनामा गर्नुपर्ने चौधरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस