२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौने दुई अर्ब बढीको बजेट ल्याउँदै धनगढी उपमहानगरपालिका 

अ+ अ-

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

आज आठौँ नगर सभामा पेस हुने धनगढी उपमहानगरपालिकाको बजेटको आकार आगामी आर्थिक वर्ष २०७९/७० मा एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा प्रस्तुत हुने बताइएको छ । 

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८-७९ मा एक अर्व ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । आज उपप्रमुख कन्दकला रानाले सभामा पेस गर्ने बजेट आकार एक अर्व ८२ करोडको हाराहारीमा ल्याउन लागेको जनाइएको छ ।

यसअघि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सार्वजनिक जग्गा, खोलानाला, नदी अतिक्रमणलाई नियन्त्रण गर्दै अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित बस्ती विकासलाई प्राथमिकता राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगर प्रमुख हमालले जनस्वास्थ्य, सरसफाइ तथा मानव सामर्थ्य विस्तार, कृषि तथा पशुपन्छी उत्पादन, उत्पादकत्व अभिवृद्धि, बजारीकरण तथा व्यवसायीकरण, गुणस्तरीय शिक्षा, युवा, खेलकुद तथा रोजगारी, प्रतिफलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास, आर्थिक विकास तथा राजश्व परिचालन, सूचना प्रविधि तथा सञ्चार विकास, उद्यम, स्वरोजगार र सहकारिता विकास, प्रशासनिक पुनर्संरचना तथा संस्थागत सुशासन, भाषा, संस्कृति, कला, साहित्यको संरक्षण, प्रवर्द्धन र विकास, वन तथा वातावरण संरक्षण एवं सामुदायिक वनको दिगो प्रयोग प्राथमिकताका क्षेत्र रहेको भन्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस