एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरकोविरुद्धमा, गराए माधव नेपालको ध्यानाकर्षण  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरकोविरुद्धमा, गराए माधव नेपालको ध्यानाकर्षण 


१० असार २०७९, शुक्रबार


काठमाडौँ । एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् । 

उनीहरूले आफूहरूलाई पटक-पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।

आठ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ र ६ जना सांसदको हस्ताक्षर छ ।

अध्यक्ष माधव कुमार नेपालले यसअघि नै अहिलेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाएका थिए । तर बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरूले जवाफ दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेरको गृहकार्य स्थगित गरिएको थियो ।

बजेट पारित भइसकेपछि फेरि पनि अध्यक्ष नेपालले मन्त्री हेरफेरको गर्नुपर्ने बताएपछि एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरू रुष्ट छन् ।

उनीहरूले बुझाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘‘बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै÷भोलि मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।’

Tags :
प्रतिक्रिया दिनुहोस