ललितपुर महानगरका बालबालिकालाई आजदेखि कोरोना खोप दिइँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ललितपुर महानगरका बालबालिकालाई आजदेखि कोरोना खोप दिइँदै


१० असार २०७९, शुक्रबार


काठमाडौँ। ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ । काठमाडौँ महानगरपालिकामा भने बालबालिकाहरूलाई बिहीबारदेखि नै कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको थियो ।

ललितपुर महानगरपालिकाले जारी गरेको सूचना अनुसार शनिबार बाहेक असार १० गतेदेखि १५ गतेसम्म विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन हुने छ ।

आज असार १० गते वडा नम्बर १, २ र ३ का बालबालिकाहरूलाई कोरोनाविरुद्धको खोप दिइने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

असार १२ गते वडा नम्बर ४, ५, ६ र ७ मा, असार १३ गते वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ मा खोप कार्यक्रम सञ्चालन हुने छ ।

यस्तै असार १४ गते वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१ मा तथा असार १५ गते वडा नम्बर २२, २३, २४, २५, २६, २७, २८ र २९ वडामा खोप कार्यक्रम सञ्चालन हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस