१८४८ अङ्कमा झऱ्यो नेप्से « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१८४८ अङ्कमा झऱ्यो नेप्से


९ असार २०७९, बिहिबार


काठमाडौँ । आज (बिहीबार) नेप्से परिसूचक १८४८ अङ्कमा झरेको छ । बिहीबार नेप्से ४५.२५ अङ्कले घटेको हो ।

कुल १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भयो । बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । सबै उपसमूहका सूचक घटेका छन् ।

बैङ्किङ २१, विकास बैङ्क ११९, फाइनान्स ४७, होटल तथा पर्यटन ६७, जलविद्युत् ८६, जीवन बीमा १४३, उत्पादन ९५, माइक्रोफाइनान्स १०२, निर्जीवन बीमा २१८, अन्य ३३ र व्यापार उपसमूह ३९ अङ्क घटे ।

१५ कम्पनीको मूल्य बढ्दा २ को स्थिर रह्यो भने १७८ को घट्यो । आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको मूल्य ९ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा कुमारी बैङ्क, लक्ष्मी बैङ्क, नबिल बैङ्क, हिमालयन डिस्टिलरी र एनआईसी एसिया बैङ्क क्रमश: अगाडि रहे ।

४ वाणिज्य बैङ्कको मूल्य हाल २ सयभन्दा तल झरिसकेको छ । कुमारी बैङ्कको मूल्य प्रतिकित्ता १९४, लक्ष्मीको १९८.८, सेन्चुरी कमर्सियलको १८३.६० र सनराइजको १९८.१० कायम भएको छ ।

त्यस्तै कारोबार हुँदा १९६ रुपैयाँसम्म झरेको सिभिल बैङ्कको मूल्य कारोबार बन्द हुँदा २००.७० रुपैयाँ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस