एसईईको उत्तरपुस्तिका जाँच्ने काम सकियो, असार मसान्तमा नतिजा प्रकाशन गर्ने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसईईको उत्तरपुस्तिका जाँच्ने काम सकियो, असार मसान्तमा नतिजा प्रकाशन गर्ने तयारी


९ असार २०७९, बिहिबार


परीक्षाफल

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार मसान्तमा प्रकाशन गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम सकिएको छ ।

असार मसान्तसम्म नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।

यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस