नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक


८ असार २०७९, बुधबार


भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ ।

पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए ।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उनका दुई पुत्र रहेको गोसाईले जानकारी दिए ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन् । उनको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस