सरकारले काठमाडौँमा हैजा फैलिन नदिन थाल्यो अनुसन्धान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारले काठमाडौँमा हैजा फैलिन नदिन थाल्यो अनुसन्धान


८ असार २०७९, बुधबार


काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले हैजाको नियन्त्रणका लागि ३ सदस्यीय छानबिन टोली गठन गरेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो ।

टोलीमा प्रमुखसहित, ल्याब प्राविधिक तथा काठमाडौँ महानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरू रहेका छन् । टोलीले काठमाडौँमा देखिएको हैजाको कारणबारे अनुसन्धान, हैजा पुष्टि भएका ठाउँहरूको पानीको नमुना परीक्षण, तथा खोजपड्तालको माध्यमबाट अनुसन्धान गरिरहेको अधिकारीले बताए ।

काठमाडौँमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । घरबाहिरका खानेकुरा र अशुद्ध पिउने पानीबाट काठमाडौँमा हैजा फैलिनसक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस