पोखराको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ) « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

पोखराको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


८ असार २०७९, बुधबार


पोखरा । तत्कालीन पोखरा नगरपालिका हुँदाबाट सधैं पोखराका बिजुली तार भूमिगत गर्ने चर्चा भइरहन्छ ।

प्रत्येक वर्ष नीति तथा कार्यक्रममै समेटिँदै आएको यो योजना ०७४ सालमा पोखराको मेयरमा मानबहादुर जिसी निर्वाचित भएर आइसकेपछि पनि दोहोर्‍याएका थिए ।

आफू निर्वाचित भएको करिब २ वर्षपछि ०७६ मंसिर २७ गते पोखरा सिद्धार्थचोकस्थित एउटा पोलमा गुजुल्टिएको तार काट्दै मेयर जिसीले भनेका थिए, ‘अब एक महिनाभित्र पोखराका मुख्यमुख्य ठाउँमा गुजुल्टो परेका तार हटेर छ्याङ्गै हुन्छ ।’

तर, मेयर जिसीको कार्यकाल सकिँदासम्म अव्यवस्थित तारलाई भूमिगत बनाउने योजना पार लागेन नै मुख्य चोकका पोलहरुमा थप तार गुजुल्टिए । योजना र तयारीबिनै तार काटेपछि सेवाप्रदायक संस्थासमेत रुष्ट बने । अन्तिममा तत्कालिन मेयर जिसीले भनेका थिए, ‘सोचेजस्तो सजिलो हुँदैन रहेछ । केही समय लाग्ने रहेछ ।’

अघिल्लो पटक विवादित र असफल बनेको पोखराका तार भूमिगत बनाउने योजना अहिले पोखरा महानगरले पुनः नीति तथा कार्यक्रममा समावेश गरेको छ । आगामी २ वर्षभित्र मुख्य सहरी क्षेत्रका टेलिफोन र अन्य तार हटाएर भूमिगत बनाउने घोषणा मेयर धनराज आचार्यले गरेका छन् ।

हेर्नुस् पोखरा महानगरको नीति तथा कार्यक्रम

Tags :
प्रतिक्रिया दिनुहोस