अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै


८ असार २०७९, बुधबार


गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ ।

लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको छ । यसका लागि संघीय सरकारले रु. ५० लाख बजेट समेत विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि रु. ५० लाख रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि २४ नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ ।

ती मध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोट खण्डको सुरुङमार्ग समावेश भएको हो ।

गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए ।

आगामी आर्थिक वर्षमा सम्भाव्यताको काम अगाडी बढ्ने उनले जानकारी दिए । अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा शुरङमार्ग बनाउँदा यात्रा करिब डेढ घण्टा यात्रा छोट्टिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस