महँगीले जनताको ढाड भाँचिँदै छ, नेता गठबन्धनको अङ्कगणितमा लिप्त : बाबुराम भट्टराई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महँगीले जनताको ढाड भाँचिँदै छ, नेता गठबन्धनको अङ्कगणितमा लिप्त : बाबुराम भट्टराई


८ असार २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने बताएका छन् । अचाक्ली महँगीले जनता मर्कामा पर्ने उनले उल्लेख गरेका छन् ।

बुधबार बिहान ट्विट गर्दै उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताएका छन् । राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अङ्कगणितमा लिप्त रहेको उनको भनाइ छ ।

सत्तासाझेदार दलका नेता डा. भट्टराईले मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको औँल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस