एन्फाका नव निर्वाचित पदाधिकारीले आज शपथग्रहण गर्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एन्फाका नव निर्वाचित पदाधिकारीले आज शपथग्रहण गर्दै


८ असार २०७९, बुधबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको आज शपथग्रहण हुने भएको छ । एन्फा कार्यालयमा आज साँझ ५ बजे शपथ लिने कार्यपालिका छ।

शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन्। एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन भएका थिए ।

उनका प्रतिस्पर्धी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेम्वाङ अध्यक्षमा चुनिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस