२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरसँग सार्वजनिक शौचालय सञ्चालन गर्न ३३ व्यवसायिक संस्थाले गरे सम्झौता (सूचीसहित)

अ+ अ-

काठमाडौँ । आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा सङ्घ संस्थासँग काठमाडौँ महानगरपालिकाले सम्झौता गरेको छ ।

बैङ्क, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा सङ्घसंस्थाका प्रतिनिधिहरूसँग हिजो (सोमबार) सम्झौता भएको हो ।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरे ।

नविल बैङ्कसँग यस अघि नै सम्झौता भइसकेको छ ।

सम्झौता आउँदो ५ वर्षका लागि हो । यस अवधिमा सङ्घसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् ।

यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोक्नेछ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् ।

सम्झौता गरिएका सङ्घ संस्थाहरू

१. टायम्स स्क्वायर, लङ एण्ड बार, बालुवाटार

२. पशुपति भ्यु होटल एण्ड रेस्टुरेन्ट, बालकुमारी टोल

३. डेन्टल भिल्ला, वडा नं. १४, बल्खु

४. देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत

क. पिजा हट, वडा नं. १ दरबारमार्ग

ख. केएफसी, वडा नं. १ दरबारमार्ग

ग. केएफसी, वडा नं. ६ बौद्ध

५. डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर

६. होटल रत्नज्योती, पेरिसडाँडा

७. नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल

८. खानेकुरा प्रा. लि., गौशाला

९. साङ्ग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार

१०. बेबिलोन नेशनल स्कुल, शान्तिनगर

११. ओटिसी किचेन रेस्टुरेन्ट, बालुवाटार

१२. नेपालय पब्लिकेसन, डिल्लीबजार

१३. वसुन्धरा एण्ड गोङ्गबु एरिया रेस्टुरेन्ट, वसुन्धरा

१४. गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल

१५. घराना लन्च एण्ड बार, बानेश्वर

१६. कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलङ्की, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,

१७. सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी

१८. नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक

१९. आरडीएक्स बार प्रा. लि. ठमेल

२०. नेपालगन्ज विरयानी, डिल्लीबजार पिपलबोट

२१. कार्निभल रेष्ट्रो एण्ड मिटिङ, बिजुलीबजार

२२. बार्दली रेष्ट्रो एण्ड मिटिङ, शंखमुल

२२. नेशनल बिजनेस ट्रेड सेन्टर, कलङ्की

२३. साङ्ग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार

२४. बिन्का लङ, छाउनी

२५. प्रोग्रेसियो विस्ट्रो पिबीज रेस्टुरेन्ट, बौद्ध

२६. मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलङ्की

२७. क्रिम्पजी एडभान्चर हव, बौद्ध

. बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार

२९. अनुपम फुडल्याण्ड, बत्तीसपुतली

३०. रिट्रिप क्याफे, बौद्ध

३१. चिकेन स्टेसन

३२. स्तुपा हब, बौद्ध

प्रतिक्रिया दिनुहोस