पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक : मन्त्री बडू « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक : मन्त्री बडू


६ असार २०७९, सोमबार


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्योभन्दा बढी घटाउन नसक्ने बताएका हुन् ।

उनले पेट्रोलियम पदार्थ खरीदभन्दा बिक्रि मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको बताए ।

जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको उनले बताए। उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए। उनले बन्द भएका उद्योगहरुलाई सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस