एसपीपी सधैँका लागि बन्द गर्न प्रधानमन्त्रीलाई थापा र शर्माको सुझाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसपीपी सधैँका लागि बन्द गर्न प्रधानमन्त्रीलाई थापा र शर्माको सुझाव


६ असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई भेट गरी उनीहरूले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिएका हुन् ।

शर्माले भने, ‘एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्‍याएर यो प्रकरण सदाको लागि बन्द गरिदिनुस् । विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्ष लगायत राजनीति दललाई बोलाए साझा धारणा तय गर्न प्रारम्भ गरौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस