मूल्यवृद्धिबारे एमालेले माग्यो मन्त्रीको जवाफ , सभामुखद्वारा रुलिङ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मूल्यवृद्धिबारे एमालेले माग्यो मन्त्रीको जवाफ , सभामुखद्वारा रुलिङ


६ असार २०७९, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेका छन् ।

एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा एमाले सांसद अर्यालले मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् ।

‘मूल्यवृद्धि गरेर जनतालाई आहात दिइएको छ । जनताको जीवन कष्टकर बनाइएको छ । एमाले टुलुटुलु हेरेर बस्न सक्दैन । यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो ?, उनको माग थियो, किन बढाइयो भन्ने विषयमा मन्त्रीले जवाफ दिनुपर्छ । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन । आज नै जवाफ दिनको निम्ति मन्त्रीलाई रुलिङ गर्नको निम्ति माग गर्दछु ।’

त्यसपछि एमाले सांसदहरूले सिटबाट उठेर संसद् अवरोध गरेका थिए । त्यसपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई मूल्यवृद्धिबारे जवाफ दिन रुलिङ गरेका थिए । त्यसपछि एमाले सांसदहरू आफ्नो सिटमा बसेर संसद् चल्न दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस