सार्वजनिक यातायातको भाडा ७.७ प्रतिशतसम्म बढ्यो (सूचीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सार्वजनिक यातायातको भाडा ७.७ प्रतिशतसम्म बढ्यो (सूचीसहित)


६ असार २०७९, सोमबार


काठमाडौँ । पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ।

इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ।

अन्तरप्रदेश सार्वजनिक यात्रुवाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ७।७ प्रतिशत भाडा बढेको छ।

स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहने विभागले जनाएको छ।

नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो।

हेर्नुहोस् बढेको भाडादरको सूची !

Tags :
प्रतिक्रिया दिनुहोस