कास्की काँग्रेसमा विवाद, जिल्ला सभापतिलाई हटाउन हस्ताक्षर सुरु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कास्की काँग्रेसमा विवाद, जिल्ला सभापतिलाई हटाउन हस्ताक्षर सुरु


६ असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् । सभापति शेरबहादुर देउवानिकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् ।

उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरु भएको कास्कीकै एक नेताले बताए ।

स्थानीय निर्वाचनको समीक्षा गर्न आयोजना गरिएको जिल्ला कार्यसमितिको बैठकसमेत अधिकांश पदाधिकारी र सदस्यले बहिष्कार गरेका छन् । उपसभापति युवराज कुँवरले होटेलमा राखिएको बैठकमा सहभागी नहुने बताए ।

पदाधिकारी र सदस्य उठेर हिँडेपछि बैठक ११ गतेका लागि स्थगित भएको छ । बैठकमा १८ जना अनुपस्थित थिए भने आएकाले समेत उपस्थिति जनाएनन् । पदाधिकारी र सदस्यले प्रश्न गरेपछि सभापतिले जवाफ दिँदै गर्दा धेरैजसो बैठकका सहभागी उठेर हिँडेका बैठकका एक सदस्यले बताए ।

सभापति बरालले भने गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित गरिएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस