बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश


६ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको छ ।

त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो ।

नेपालका लागि सीता राना मगरले ४ रन जोडिन । कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् ।

बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो ।

वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो ।

बहराइनकी इशारा सुहुनले ६ रन जोडिन । कप्तान दिपिका रासंगिका र थरंगाले २-२ रन जोडिन ।

नेपालकी कविता कुँवर र सबनम राईले २र२ विकेट लिईन् । अश्मिना कर्माचार्यले १ विकेट झारिन् ।

समूह ुबीु मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।

नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस