नेपालका बलर चम्किँदा १४ रनमा समेटियो बहराइन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालका बलर चम्किँदा १४ रनमा समेटियो बहराइन


६ असार २०७९, सोमबार


काठमाडौँ। मलेसियामा भइरहेको एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा नेपालले बहराइनलाई जम्मा १४ रनमा रोकेको छ । नेपालका बलर कविता कुँवर र अस्मिना कर्माचार्य चम्किँदा बहराइन सस्तैमा समेटिएको हो ।

खेल वर्षाका कारण ७-७ ओभरमा घटाइएको छ । मलेसियाको किनरारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । कविता, अस्मिना र सबनम तीन बलरले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटे ।

बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् ।

समूह ‘बी’ मा रहेको नेपाल २ खेलबाट ४ अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल आजको खेलमा विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्ने पक्का हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस