२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोपनीयता चोरी हुन नदिन तालिम आवश्यक : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित रूपमा इन्टरनेट तथा सामाजिक सञ्जाल सञ्चालन गर्नेबारे प्रदेशका सांसदहरूलाई प्रशिक्षण दिएको छ ।

विराटनगरमा दूरसञ्चार प्राधिकरणले इम्पावर टे«डिङ प्रालिको आयोजनामा प्रदेशसभाका सांसदलाई सुरक्षित रूपमा इन्टरनेट र सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्नेबारे प्रशिक्षण दिएको हो ।

उक्त प्रशिक्षणमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा ५० भन्दा बढी प्रदेशसभा सदस्य सहभागी थिए । सो अवसरमा मुख्यमन्त्री राईले इन्टरनेट र सामाजिक सञ्जाल सुरक्षित ढङ्गले चलाउन नजान्दा धेरै क्षति भोग्नुपरेको उल्लेख गर्दै गोपनीयता चोरी हुनेभएकाले तालिम उपयोगी भएको बताए ।

तालिम प्रशिक्षक ऋषिराम गौतमले सहभागी प्रदेशसभा सदस्यलाई आफ्नो फेसबुक, ट्विटर र अन्य पेजहरू मोबाइल तथा कम्प्युटरमा कसरी सुरक्षित ढङ्गले प्रयोग गर्ने भन्ने विधिबारे सिकाएका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायले बढ्दो साइबर थ्रेट र चुनौतीलाई ख्याल गरेर सबै प्रदेशसभा सदस्यलाई सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्चालन चलाउने तरिका सिकाउन थालेको जानकारी दिए ।

तालिम संयोजक एवं इम्पावर ट्रेडिङ प्रालिका निर्देशक शम्भु पहाडीले बढ्दो साइबर असुरक्षा र सोसल मिडियामार्फत दिइने गालीगलौजलगायत घटना दोहोरिन नदिन सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्ने सीप हासिल गर्नु आवश्यक भएको उल्लेख गरे ।