प्रधानमन्त्रीले चाँडै मन्त्रीहरु हेरफेर गर्छु भन्नुभएको छ : नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीले चाँडै मन्त्रीहरु हेरफेर गर्छु भन्नुभएको छ : नेपाल


५ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुको हेरफेर चाँडै हुने बताएका छन् ।

आइतबार काठमाडौँमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले मन्त्री हेरफेरबारे आइतबारमात्रै प्रधानमन्त्रीसँग कुरा भएको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘मन्त्रीहरु हेरफेर गर्न हामीले हाम्रो पार्टीका तर्फबाट नेताहरुको नाम पनि पठाइसकेका छौँ । प्रधानमन्त्रीले चाँडै हुन्छ पनि भन्नुभएको छ । सत्ता गठबन्धनका माओवादी र जनता समाजवादीका नेताहरुले केही दिन मागेकाले केही ढिला भएको छ ।’

उनले यसबारे प्रधानमन्त्रीसँग कुराकानी भएको भन्दै केही दिनभित्रै पार्टीका मन्त्रीहरु परिवर्तन हुनेमा आफूलाई विश्वास रहेको बताए ।

उनले भने, ‘मन्त्रीहरू फेरबदल गर्ने निर्णय हामीले गरिसकेका छौँ । छ महिनाभन्दा पहिले नै पनि मन्त्री परिवर्तन गर्ने कि भनेर पनि चर्चा चलेको थियो । ६ महिनासम्म त काम गर्न दिनुस् भनेर उहाँहरूले पनि भन्नुभयो, अहिले छ महिना होइन, आठ महिना पुगेपछि हामीले परिवर्तन गर्ने निर्णय गरेका हौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस