नेपाल आइपुग्यो बालबालिकाले लगाउने २२ लाख फाइजर खोप « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल आइपुग्यो बालबालिकाले लगाउने २२ लाख फाइजर खोप


५ असार २०७९, आइतबार


काठमाडौँ । पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस