अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे « प्रशासन
Logo २७ श्रावण २०७९, शुक्रबार
   

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे


५ असार २०७९, आइतबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् ।

साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् ।

सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए ।

उनले लगाएको जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए ।

बाइडेनले उठेर आफू ठिक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको स्वास्थ्य ठिक रहेको र उनलाई कुनै स्वास्थ्य हेरचाह आवश्यक नरहेको बताएको न्यूयोर्क टाइम्सले समाचार लेखेको छ ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ७९ वर्षीय बाइडेन अहिले अमेरिकी राज्य डेलावेयरमा बिदा मनाइरहेका छन् ।

गत महिना पनि उनी सिँढीबाट झन्डै लडेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस