धादिङमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानले गरे कब्जा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धादिङमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानले गरे कब्जा


४ असार २०७९, शनिबार


धादिङ । धादिङको धार्के बजारमा रासायनिक मल बोकेको ट्रक स्थानीय किसानहरूले कब्जा गरेका छन् ।

भारतबाट भन्सार छली गरेर ल्याइएको मल किसानले कब्जा गरेका हुन् ।

भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए ।

मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् ।

किसानहरूले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहारसमेत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस