एसीसी महिला टी-२० : आज कुवेतसँग भिड्दै नेपाल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एसीसी महिला टी-२० : आज कुवेतसँग भिड्दै नेपाल


४ असार २०७९, शनिबार


काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको क्वालालम्पुरस्थित किन्रारा एकेडेमी ओभलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। शनिबारको खेलमा नेपाल कुवेतलाई हराउँदै दोस्रो जितको खोजीमा हुनेछ।

यसअघि शुक्रबार सम्पन्न खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो।

यस्तै वेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आत्मविश्वासका साथ मैदान उत्रने छ ।

नेपाल १ खेलमा २ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । कुवेत १ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस