गृहमन्त्री खाँण बालकोटमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गृहमन्त्री खाँण बालकोटमा


३ असार २०७९, शुक्रबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् ।

नागरिकता विधेयक द्रुत गतिमा अघि बढाउने सहमतिका लागि कानुनमन्त्रीसहित गृहमन्त्री खाँण बालकोट पुगेका हुन् ।

उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूसँग पनि नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल गरेका थिए ।

सरकारले बजेट पारित भए लगत्तै नागरिकता विधेयक संसदमा लगेर द्रुत गतिमा पारित गर्ने योजना बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस