प्रधानमन्त्री देउवा चढेको हेलिकप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवा चढेको हेलिकप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण


३ असार २०७९, शुक्रबार


बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौँबाट धनगढीका लागि उडेको हेलिकप्टर इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण गरिएको छ ।

हेलिकप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए ।

नेपाली सेनाको उक्त हेलिकप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सवार थिए ।

करिब २० मिनेट हेलिकप्टर रोकिने क्रममा प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।

करिब २० मिनेटको भैरहवा बसाइपछि प्रधानमन्त्री देउवा धनगढी प्रस्थान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस