शुक्रबार दुई घण्टा खुलेको सेयर बजारमा ११५ कम्पनीको मूल्य घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शुक्रबार दुई घण्टा खुलेको सेयर बजारमा ११५ कम्पनीको मूल्य घट्यो


३ असार २०७९, शुक्रबार


काठमाडौँ । आज (शुक्रबार) दुई घण्टा खुलेको सेयर बजारमा ११५ कम्पनीको मूल्य घटेको छ । ६० कम्पनीको मूल्य बढ्यो ।

नेपाल स्टक एक्सचेन्जले असारदेखि लागू हुने गरी सातामा शनिबारबाहेक ६ दिन बजार खोल्ने र शुक्रबार २ घण्टा मात्रै अर्थात् ११ देखि १ बजेसम्म कारोबार हुने गरी व्यवस्था मिलाएको हो ।

शुक्रबार नेप्से परिसूचक पनि ७.५७ अङ्कले घटेर १९७१ अङ्कमा कायम भएको छ । कुल ७३ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भयो । सबैजसो उपसमूहका सूचक घटेका छन् ।

बैङ्किङ ५, विकास बैङ्क १४, फाइनान्स ८, होटल तथा पर्यटन १५, जलविद्युत् १८, जीवन बीमा ४, उत्पादन ८, माइक्रोफाइनान्स १, निर्जीवन बीमा १८, अन्य ८ तथा व्यापार ९ अङ्क घटे । आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । रिभर फल्सको मूल्य ५.९ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा नेपाल टेलिकम, सेन्चुरी कमर्सियल बैङ्क, एनसीसी बैङ्क, कुमारी बैङ्क र लक्ष्मी बैङ्क क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस