२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसपिपी सम्झौताका लागि पत्र लेखेको नेपाली सेनाद्वारा स्वीकार

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले अमेरिकी सेनाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा सहभागी हुन पत्र लेखेको स्वीकार गरेको छ।

सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकासँग सैन्य साझेदारीमा जान नभई सन् २०१५ को भुईँचालोपछि विपद् व्यवस्थापनमा सहकार्य गर्न पत्र लेखेको बताएका छन्।

‘यो पत्र सन् २०१५ को सन्दर्भमा लेखिएको हो। त्यो बेला महाभूकम्प आएर ठूलो जनधन क्षति भएको थियो। जनजीवन अस्तव्यस्त थियो। नेपालले अन्तर्राष्ट्रिय संस्था र एजेन्सीहरूसँग उद्धारका लागि आह्वान गरेको थियो,’ उनले भने, ‘उद्धारका लागि दर्जनौँ मित्रराष्ट्रबाट सेना आएका थिए। चीन, भारत, पाकिस्तान, अमेरिका, बेलायतका सेना पनि आए। सबै संयोजन नेपाली सेनाले गरेको हो।’

त्यो बेलाको अनुभव र प्रतिक्रियाका आधारमा नेपाली सेना स्रोतसाधन र विज्ञतामा कमजोर रहेको निष्कर्ष निकालिएको उनले बताए।

त्यो वर्षको महाभूकम्पभन्दा ठूलो विपत् आयो भने उद्धार गर्न कठिन हुन्छ भनेर राष्ट्रिय स्तरमै अनुभूति भएकाले सरकारको स्वीकृतिमा एसपिपी प्रक्रिया अघि बढाएको प्रवक्ता सिलवालले बताए।

‘अमेरिकामा विपद् व्यवस्थापनमा खटिने नेसनल गार्ड नै हो। उसको अमेरिकाभरि सञ्जाल छ। ऊसँग क्षमता र स्रोतसाधन छ। नियमित सेना विपदमा खटिँदैन, धेरैजसो अमेरिकाबाहिर जान्छ,’ उनले भने, ‘हामीले त्यो पत्र कुनै सैन्य गठबन्धनमा जान लेखेको होइन। कुनै लिखित सम्झौता गरेको पनि छैन। कुनै पूर्वसर्त मानेर त्यसको अधीनमा बसेर गरेको पनि होइन।’

सम्झौताका लागि लेखिएको पत्रका चार बुँदामा सैन्य तालिमबारे उल्लेख नभएको उनले बताए।

उनका अनुसार पहिलो बुँदा विपद् व्यवस्थापनबारे छ। दोस्रोमा हेलिकप्टर, कार्गो लगायत सैन्य रसद सामग्रीहरूबारे लेखिएको छ। तेस्रोमा एयरपोर्ट, हेलिप्याड लगायत भौतिक पूर्वाधार संरक्षणको कुरा छ भने चौथोमा विपद्का लागि खटिने सेनालाई कसरी स्रोतसाधन सम्पन्न बनाउने भन्ने विषय छ।

यी चार बुँदामा बिना सम्झौता र बिनासैन्य गठबन्धन सहयोगको अपेक्षा गरिएको उनले उल्लेख गरे।

सरकारकै स्वीकृति लिएर सन् २०१५ मा पहिलो पत्र पठाइएको र २०१७ मा त्यसलाई फलो अप गरिएको उनले स्पष्ट पारे। त्यसैअनुसार अहिले पनि अमेरिकी सेनासँग सहकार्य भइरहेको र भविष्यमा पनि रहने उनले उल्लेख गरे।

‘त्यो बेला आइपिएस थिएन, अहिले आएको छ। हरेक कुरालाई त्यसैमा जोडेर हेरिन्छ,’ उनले भने, ‘न हामीले पहिला कुनै सैन्य गठबन्धन गरेको हो र न अहिले गर्ने पक्षमा छौँ। हामीले हाम्रो भूराजनीति र सामरिक संवेदनशीलता ख्याल गरेर मात्रै काम गरेका छौँ।’

भूकम्प बेला उद्धारमा आएका अमेरिकी सेनाले वीरगति प्राप्त गरेको भन्दै उनले आफूहरूले विपद् व्यवस्थापन, राहत र उद्धारमा मात्रै सहकार्य गरेको बताए।

प्रतिक्रिया दिनुहोस