पाण्डेविरुद्धको थुनछेक बहस आज सकिएन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाण्डेविरुद्धको थुनछेक बहस आज सकिएन


२ असार २०७९, बिहिबार


काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा आज (बिहीबार)देखि थुनछेक बहस सुरु भए पनि पहिलो दिन आदेश आएन ।

बहस नसकिएपछि कम्तीमा भोलि (शुक्रबार)सम्म प्रहरी हिरासतमै रहने छन् ।

एक युवतीले ८ वर्षअघि पाण्डेले बलात्कार गरेको भन्दै हालसालै सार्वजनिक गरेपछि प्रहरीले आरोपीलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारमा अनुसन्धान गरेको थियो ।

बलात्कारमा हदम्याद कटेकाले प्रहरीले मानव बेचबिखन तथा ‌ओसारपसारमा अनुसन्धान गरेको थियो । उनीविरुद्ध अर्की एक नाबालिगले पनि बाल यौन दुरुपयोगको आरोप लगाएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस