बाघले आक्रमण गर्दा निगुरो टिप्न गएकी महिला बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाघले आक्रमण गर्दा निगुरो टिप्न गएकी महिला बेपत्ता


२ असार २०७९, बिहिबार


चितवन । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो । स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ ।

हराइरहेकी बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस