अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो : प्रचण्ड « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो : प्रचण्ड


२ असार २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार भइरहेको बताएका छन् ।

रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दाबी गरेका छन् ।

प्रचण्डले भने, ‘अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरू नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दै छन्, त्याचे बिल्कुल झुटो हो । गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’

प्रचण्डले एसपीपीको कार्यान्वयन गर्ने काम गर्ने २०१९ मा केपी ओली सरकारले गरेको आरोप समेत लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस