आजदेखि एमालेका जनप्रतिनिधिलाई पार्टीको प्रशिक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजदेखि एमालेका जनप्रतिनिधिलाई पार्टीको प्रशिक्षण


२ असार २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई दिइने दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि सुरु हुँदै छ ।

आज बिहान ११ बजेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

बिहीबार र शुक्रवार दुई दिन जनप्रतिनिधिलाई प्रशिक्षण दिइने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

मालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरू सहभागी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस