राजस्व अनुसन्धान विभागका महानिर्देशक अधिकारीद्वारा पद बहाली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजस्व अनुसन्धान विभागका महानिर्देशक अधिकारीद्वारा पद बहाली


१ असार २०७९, बुधबार


काठमाडौँ । नवनियुक्त राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले बुधवार(आज) पद बहाली गरेका छन् ।

केही दिन अघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका अधिकारीलाई सरकारले विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

करिब ९ महिना अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको महत्त्वपूर्ण विभागको तत्कालिन महानिर्देशक प्रकाश पौडेलको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै अधिकारी उक्त जिम्मेवारीमा पुगेका हुन् ।

सम्बन्धित समाचार : राजश्व विभागका महानिर्देशकको सरुवा : ८ महिनामा ६९ मुद्दा, साढे १० अर्ब बिगो

पत्र बुझे लगत्तै विभागमा हाजिर भएका अधिकारीले कर्मचारीलाई सम्बोधन गर्दै मुख्यगरी तीन वटा कुरामा जोड दिने बताएका छन् । राजश्व प्रशासन शुद्धीकरणका लागि प्रतिरोधात्मक र उपचारात्मक विधि अपनाउनेदेखि कर्मचारीको मनोवृत्तिबारे हुने गरेको टिप्पणीलाई तत्काल सुधार गर्न डे-वान देखि नै रणनीति तयार गर्ने उनले बताए ।

‘राजश्व प्रशासनलाई शुद्धीकरण गर्नका लागि यसका सम्भावित जोखिमहरूको पहिचान र विश्लेषण गर्दै जहाँ बढी जोखिम देखिन्छ, त्यसलाई प्रतिरोधात्मक र उपचारात्मक विधि सँगसँगै लैजान्छौँ’, महानिर्देशक अधिकारीले भने, ‘राजश्व अनुसन्धान विभागमा कार्यरत कर्मचारीको मनोवृत्तिका बारेमा बाहिर जुन खालको चर्चा र टिप्पणी आएको छ, त्यसलाई तत्काल सुधार गर्ने र राजश्व चुहावट ऐन, २०५२ ले तोकेको जिम्मेवारी पुरा गर्ने गरी आजैदेखिबाट रणनीति तयार गर्छौ ।’

ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासकसमेत रही सकेका अधिकारी आन्तरिक राजश्व विभागको उपमहानिर्देशक तथा यसअघि सहकारी विभागको रजिस्टार रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस