२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिसडोलमा कमजोरी भएको स्विकार्दै मन्त्री झाँक्रीले भनिन् : बन्चरेमा दोहोरिन्न

अ+ अ-

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीले काठमाडौँको फोहोरका कारण दुर्दशा भोग्नुपरेको स्वीकारेकी छन् ।

प्रतिनिधिसभामा चलिरहेको विनियोजन विधेयकमाथिको छलफलका क्रममा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘मुलपानीबाट सिसडोल गयौँ जहाँ दुई वर्षको लागि ल्याण्डफिल्ड साइट बनाइएको थियो । १७ वर्ष फोहोर खसाइराख्यौँ,’ मन्त्री झाँक्रीले भनिन्,‘बन्चरेमाडाँडामा स्थायी सेनिटरी रिकोभरी ल्याण्डफिल्ड साइट बनाउने काम सुरु गरिएको थियो । काम सुस्त थियो, काम हुने अवस्था थिएन ।’

यसमा सरकार पक्षकै कमजोरी बढी रहेको उनले दोहोर्‍याइन् । ‘स्थानीयले अवरोध गरेका थिए । स्थानीयसँग प्रत्येक खेप सम्झौता गरेको तर कार्यान्वयन भएको थिएन,’ उनले भनिन् ।

यस पटकको सम्झौता अनुसार असार मसान्तमा बन्चरेडाँडाको काम सम्पन्न हुने मन्त्री झाँक्रीले बताइन् । उनले भनिन्, ‘हामीले सम्झौता गर्‍यौँ, क्याबिनेटमा छलफल गर्‍यौँ । अब असारमसान्तसम्म काम सम्पन्न हुन्छ ।’

१७ वर्ष सिसडोलमा फोहोर खसाल्दै गर्दा त्यहाँका स्थानीयले कहालीलाग्दो अवस्था भोग्नुपरेको उनले बताइन् ।

‘स्थानीयका समस्या, त्यहाँको जनजीवन, त्यहाँको कहालीलाग्दो अवस्था, दुर्दशाहरू सिर्जना भए,’ उनले भनिन्, ‘त्यसलाई सम्बोधन गर्नका लागि अहिले हामीले व्यवस्थित प्रयासहरू गरेका छौँ ।’

सिसडोलमा तत्काल अस्पताल बनाउने विषयमा काम भइरहेको मन्त्री झाँक्रीले बताइन् । ‘स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १० बेडको अस्पताल यथाशीघ्र बनाउनका लागि एक महिनाभित्रै प्राविधिक अध्ययन प्रतिवेदन ल्याउनका लागि टोली बनाएका छौँ ’, झाँक्रीले भनिन् ।

त्यसका लागि स्वास्थ्य मन्त्रालय, महानगरको स्वास्थ्य विभाग, सहरी विकास मन्त्रालय, धुनिवेशी र ककनीका प्रतिनिधि राखेर प्राविधिक समिति बनेको उनले सदनलाई जानकारी दिइन् ।

सरकारले सिसडोलको दुखान्त कथाको तत्काल अन्त्य चाहेको मन्त्री झाँक्रीले बताइन् ।

‘आजसम्म त्यहाँ डाक्टर रहेनन्, अस्पताल रहेन, सिटामोल रहेन । तर, पुलिस र गोली रह्यो भन्ने कथाको पनि अन्त्य गर्न चाहन्छौँ,’ उनले भनिन्,‘सिसडोलको कथालाई पुनरावृत्ति नहुने गरी बन्चरेमा फोहोर विसर्जनको प्रयास सुरु गरेका छौँ ।’

बञ्चरेडाँडामा ल्याण्डफिल्ड साइट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताइन् । यस्तै सेल १ मा सञ्चालनमा ल्याइसकेको बताउँदै उनले भनिन्,‘वैज्ञानिक विसर्जन भइरहेको दृश्य पनि कहीँकतै देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस