रोल्पा कारागार घटनाबारे गृहमन्त्रीलाई छानबिन समितिले बुझायो प्रतिवेदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोल्पा कारागार घटनाबारे गृहमन्त्रीलाई छानबिन समितिले बुझायो प्रतिवेदन


१ असार २०७९, बुधबार


काठमाडौँ । रोल्पा कारागारमा रहेका कैदीबन्दी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे सत्यतथ्य बुझ्न गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणले बुझेका छन्।

उनले प्रतिवेदनमा समेटिएका विषय कानूनअनुसार कार्यान्वयनको प्रक्रियामा लगिने पनि बताए।

रोल्पा कारागारमा जेठ ४ गते कैदी हरिजनले आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनले दोषी औँल्याएकालाई कानूनअनुसार कारबाहीको प्रक्रिया सुरु गरिने उनले बताए। घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा पाँच सदस्यीय समिति गठन भएको थियो।

समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटी गरेको र कर्तव्य पालनामा उदासीनता देखाएको उल्लेख गरेको छ।

समितिले २०७७ मंसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदी हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटि तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस